म्यानमारमा यागी आँधीपछि बाढी

00-1-Climate

यागी आँधीपछि म्यानमारमा भीषण बाढी आएको छ। अधिकारीहरुका अनुसार यस बाढीका कारण करिब दुई लाख ३० हजार मानिसले आफ्नो घर छाड्नुपरेको छ। सरकारी सञ्चारमाध्यमका अनुसार देशको सत्तारुढ दलले बाढीको प्रभाव कम गर्न वैदेशिक सहायता माग गरेको छ। राजधानी नेपिडाउ बाढी प्रभावित क्षेत्र मध्ये एक हो। म्यानमारको सेनाले भनेको छ, ‘बाढीका कारण अहिलेसम्म ३३ जनाको मृत्यु भइसकेको छ।‘  सरकारी दैनिक ‘न्यू लाइट अफ म्यानमार’ ले घरबारविहीन भएका बाढी पीडितहरूका लागि केही अस्थायी राहत शिविरहरू स्थापना गरिएको जनाएको छ। यस वर्ष एसियाकै सबैभन्दा शक्तिशाली आँधी यागीले भियतनाम, चिनियाँ टापु हेनान र फिलिपिन्स पनि प्रभावित भएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार जुन्टाका प्रमुख जनरल मिन आङ ह्लिङ र अन्य अधिकारीहरूले बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गरेका छन्। उनीहरूले उद्धार र राहत कार्यको पनि निरीक्षण गरेका छन्।   

About Author

Advertisement