म्यानचेष्टर सिटीमा सामेल भए एर्लिंग हालाण्ड

photocollage_2022614121312504.jpg

१४ जूनः १३ जून २०००-मा म्यानचेष्टर सिटीमा सामेल भएका थिए अलफी हालाण्ड। त्यसको ठीक २२ सालपछि ठीक त्यही दिन नै आधिकारिक रूपले सिटीको जर्सी हासिल गरे छोरा एर्लिंग हालाण्डले। विश्वका अन्यतम् शीर्ष स्ट्राईकरले बोरुसिया डर्टमण्ड छोड़ेर ईंग्लिश प्रीमियर लीग क्लबसँग ५ सालको अनुबन्ध गरे। एर्लिंगलाई आउँदो सीजनमा म्यानचेष्टर सिटीको जर्सीमा देखिने खबर अगावै प्रकाशमा आएको थियो अनि केवल मेडिकल जाँच बाँकी थियो। यसपाली मेडिकल जाँच पास गरी अधिकारिक रूपले अनुबन्धमा हस्ताक्षर गरे नर्वेका यस युवा फूटबलरले। हालाण्डको अनुबन्ध राशिबारे सिटीको तर्फबाट कुनै जानकारी दिइएको छैन। यसबीच मीडिया रिपोर्ट अनुसार, ट्रान्सफर फी, हालाण्डको वेतन, उनको एजेण्टको वेतन, सबै मिलाएर सिटीले ३०० मिलियन यूरोभन्दा अधिक राशि खर्च गर्नु पऱ्यो। एर्लिंगको जन्म लिड्समा भएको हो। यसैकारण उनको निम्ति सिटीमा सामेल हुन एक प्रकारले घर फर्किनु जस्तो रह्यो। यसको साथमा उनले यसअघि बारम्बार आफूलाई सिटीका समर्थक बताएका थिए।

About Author

Advertisement