म्याच फीस र अन्य पुरस्कारहरूको साथ मात्र आईपीएलबाट २.५० करोड़भन्दा अधिकको कमाई गरे सूर्यवंशीले

IMG-20260602-WA0063

नयाँ दिल्ली: आईपीएल २०२६ राजस्थान रोयल्सका युवा ब्याटर वैभव सूर्यवंशीको निम्ति यादगार साबित भयो। केवल १५ सालको उमेरमा उनले टुर्नामेण्टका सबैभन्दा सफल ब्याटरको रूपमा स्वयंलाई स्थापित गरे अनि ७७६ रन बनाएर ओरेञ्ज क्याप जिते। राजस्थान रोयल्सले मेगा लिलामीमा उनलाई १.१० करोड़ रुपियाँमा हासिल गरेको थियो अनि यस सीजनमा पनि उनको रिटेन राशि त्यही रह्यो जबकि यो राशि उनको कमाईको केवल एउटा हिस्सा हो। असाधारण प्रदर्शनको साथ उनले यस सीजनमा धेरैवटा व्यक्तिगत पुरस्कार र नगद ईनाम पनि जिते। अहमदाबादमा भएको फाइनल म्याचपछि पुरस्कार समारोहमा सूर्यवंशीलाई एकाधिक पुरस्कार प्राप्त भयो। यसमा उनले सबैभन्दा मूल्यवान खेलाड़ीको रूपमा १५ लाख रुपियाँ हासिल गरे। यसरी ओरेञ्ज क्याप, टुर्नामेण्टमा सर्वाधिक छक्का र सीजनको सर्वश्रेष्ठ उदीयमान खेलाड़ीको रूपमा पनि उनले १०-१० लाख रुपियाँको नगद पुरस्कार जिते। यसबाहेक सुपर स्ट्राईकर अफ द सीजन-को पुरस्कार स्वरूप उनले टाटा सिएरा कार पनि पाए। यसरी सीजनको सर्वश्रेष्ठ पुरस्कारहरूद्वारा मात्र उनले ४५ लाख रुपियाँको अतिरिक्त कमाई गरे। यसको साथमा टाटा सिएरा कार पनि जिते। आईपीएलमा खेलाड़ीहरूलाई अनुबन्ध राशि बाहेक म्याच फीस पनि प्राप्त हुन्छ। वैभवले यस सीजनमा राजस्थान रोयल्सको निम्ति १६ वटा म्याच खेले अनि प्रत्येक म्याचको निम्ति उनलाई ७.५ लाख रुपियाँँ गरेर प्राप्त भयो। यसरी उनले १६ वटा म्याच खेलेर जम्मा १.२० करोड़ रुपियाँको कमाई गरे। वैभवले पूरा सीजनमा धेरैपल्ट व्यक्तिगत म्याच पुरस्कार पनि जिते। यसमा प्लेयर अफ द म्याच, इलेक्ट्रिक स्ट्राईकर अफ द म्याच र मोस्ट सिक्सेस अफ द म्याच जस्ता पुरस्कारहरूका निम्ति खेलाड़ीहरूलाई १-१ लाख रुपियाँको नगद पुरस्कार प्राप्त हुन्। वैभवले आफ्नो असाधारण ब्याटिंग अभियानको अवधि यस्ता धेरै पुरस्कारहरू जिते। यी पुरस्कारहरूको कुल संख्या र सटीक राशि सार्वजनिक नगरिए पनि यी सबलाई जोड़्दा उनको जम्मा कमाई २.५० करोड़ रुपियाँभन्दा अधिक पुगेको छ। आईपीएल २०२६-मा सुपर स्ट्राईकर अफ द सीजन बनेपछि वैभव सूर्यवंशीलाई टाटा सिएरा कार पुरस्कार स्वरूप प्राप्त भयो। गत सीजनमा पनि वैभव सुपर स्ट्राईकर अफ द सीजन बनेका थिए। त्यस समय उनलाई टाटा कर्भ कार प्राप्त भएको थियो। चाखलाग्दो कुरा के छ भने अहिलेसम्म २ वटा कार जिते पनि वैभवले कुनै पनि कार चलाउन सक्दैनन्। यसको मुख्य कारण उनको उमेर हो। वैभव केवल १५ वर्षका छन् अनि भारतीय कानून अनुसार उनले ड्राइभिंग लाइसेन्स बनाउन सक्दैनन्। यसैकारण पुरस्कारमा जितेको कारहरू उनले सड़कमा कुदाउन सक्दैनन्। भारतमा कार, मोटरसाइकल र अन्य हल्का मोटर वाहन चलाउने न्यूनतम आयु १८ वर्ष रहेको छ। वैध ड्राइभिंग लाइसेन्स बिना वाहन चलाउनु कानूनी रूपमा अपराध हो। यसबाहेक नाबालिगले वाहन चलाए उनीहरूका अभिभावकहरू या वाहन मालिकविरुद्ध कठोर कार्वाही गरिन्छ। यसैकारण साथमा जोड़ी कार रहे पनि वैभवले त्यसलाई चलाउन अझ केही साल प्रतीक्षा गर्नु पर्नेछ।

About Author

Advertisement