म्याच नखेलेर बारम्बार आराम गर्ने खेलाड़ीहरूसँग असन्तुष्ट छन् गावस्कर

IMG-20220712-WA0105.jpg

१२ जुलाईः दुई दिन अघि मात्र आफ्नो जन्मदिन मनाउने पूर्व भारतीय क्रिकेटर तथा महान ब्याटर सुनिल गावस्कर टीम इण्डियाका सीनियर खेलाड़ीहरूसँग क्षुब्ध छन्। कारण, टीमका शीर्ष खेलाड़ीहरूले बारम्बार आराम गर्नु। आफ्नो समयका दिग्गज ब्याटर गावस्करले कप्तान रोहित शर्मा, विराट कोहली र जसप्रीत बुमराह जस्ता सीनियर खेलाड़ीहरूमाथि रिस पोखाएका छन्। ७३ वर्षीय यस पूर्व भारतीय कप्तानले टीम इण्डियाले यी खेलाड़ीहरूले जब आईपीएलको समय आराम गर्दैनन् भने देशको निम्ति खेल्ने समय किन यस्तो गर्छन् भनी प्रश्न उठाएका छन्। उल्लेखनीय छ, ईंग्ल्याण्ड विरुद्ध जारी वनडे सीरीजपछि कोहलीले फेरि आराम गर्नेछन्। यसअघि दक्षिण अफ्रिका विरुद्ध सीरीजमा पनि कप्तान रोहित, कोहली र बुमराह सहित एकाधिक सीनियर खेलाड़ीहरू टीमका हिस्सा थिएनन्। आयरल्याण्ड यात्रामा पनि हार्दिक पाण्ड्याको कप्तानीमा युवा टीमलाई पठाइएको थियो। अब वेष्ट इण्डिज यात्रामा पनि रोहित-विराटसहित केही शीर्ष खेलाड़ीहरूलाई विश्राम दिइएको छ। त्यस यात्रामा शिखर धवन टीमका कप्तान हुनेछन्।
यसबारे गावस्करले भने, म खेलाड़ीहरूलाई आराम दिने यस अवधारणासँग सहमत छुइनँ। तपाईंले भारतको निम्ति खेल्नु पर्नेछ। आरामको कुरा गर्नु हुँदैन। टी२०-मा त एउटा ईनिंग्समा केवल २० ओभर हुन्छ। यसले शरीरमा थकानको त्यति असर पर्दैन। टेस्ट म्याचहरूमा चाहिँ शारीरिक र मानसिक थकान हुन्छ तर टी२० क्रिकेटले अधिक समस्या हुन्छ जस्तो मलाई लाग्दैन। यसको साथमा उनले गम्भीरतापूर्वक भने, बीसीसीआई (भारतीय क्रिकेट कण्ट्रोल बोर्ड)-ले यस विषयमा ध्यान दिनु जरूरी छ। ग्रेड ए-का सबै खेलाड़ीहरूलाई असल अनुबन्ध हासिल छ। उनीहरूलाई हरेक म्याचको निम्ति भुक्तान गरिन्छ। भारतीय क्रिकेटलाई अझ पेशादार बनाउनको निम्ति एउटा रेखा कोर्नु पनि जरूरी छ।
गत केही समयदेखि भारतीय टीममा खराब फर्ममा हुने खेलाड़ीहरूलाई आराम दिइने प्रथा चल्दै आएको छ। कप्तान रोहित र कोहलीको ब्याट सम्पूर्ण रूपले शान्त छ। यसबीच कोहलीलाई त टीमबाट बाहिर गर्ने माग पनि उठिरहेको छ। यस्तो समयमा पनि कोहलीले बारम्बार आराम गरिरहेका छन्। कोहलीले आईपीएल अघि श्रीलंका विरुद्ध घरेलु टी२० सीरीजमा पनि आराम लिएका थिए। ईंग्ल्याण्ड विरुद्ध पहिलो टी२० म्याचमा पनि उनी टीमका हिस्सा थिएनन्। त्यसपछि दोस्रो अनि तेस्रो म्याचमा उनको ब्याट शान्त रह्यो। कोहलीले यस साल खेलेको चारवटा टी२० अन्तर्राष्ट्रिय म्याचमा एउटा अर्द्धशतकसहित ८१ रन बनाएका छन्। यसरी नै रोहितले ९ वटा म्याचमा केवल १८२ रन बनाएका छन्। उनले त एउटा अर्द्धशतक पनि बनाउन सकेका छैनन्। गावस्कर अघि पूर्व अलराउण्डर तथा कमेण्टेटर इरफान पठान अनि पूर्व पेस बलर भेंकटेश प्रसादले पनि टीम इण्डियाले रेस्ट पोलिसीमाथि प्रश्न उठाएका थिए।

About Author

Advertisement