म्याच जितेर रेकर्ड बनाए पनि पीचसँग असन्तुष्ट गौतम गम्भीर

IMG-20261001-WA0040

गुवाहाटी: भारतले वेष्ट इण्डिजविरुद्ध गुवाहाटीमा खेलिएको तेस्रो वनडे क्रिकेट म्याचमा ४०६ रनको लक्ष्यलाई सफलतापूर्वक हासिल गरी इतिहास रच्यो। ब्याटरहरूका निम्ति यो म्याच यादगार रह्यो तर भारतका मुख्य प्रशिक्षक गौतम गम्भीरले चाहिँ म्याचपछि पीच र परिस्थितिहरूमाथि चिन्ता व्यक्त गरे। गम्भीरले क्रिकेटमा ब्याट र बलबीच बराबरीको लड़ाइँ हुनु पर्ने विचार व्यक्त गरे। म्याच समाप्त भएपछि गम्भीरले भने, ईमानदारीपूर्वक भन्नु पर्दा ब्याट र बलबीच लड़ाइँ हुनु पर्ने थियो। यहाँ हामी क्रिकेटको कुरा गरिरहेका छौं तर यो क्रिकेट नभएर केवल ब्याटिंग थियो। कुनै युवा बलरका निम्ति यो पीच सही थिएन। यस्ता पीचले उनीहरूका मनोबललाई धरातलमा पुऱ्याउँछ। विपक्षी टोलीले ४०० भन्दा अधिक रन बनायो अनि हामीले त्यस लक्ष्यलाई सफलतापूर्वक हासिल गऱ्यौं। म्याच रेकर्डको दृष्टिकोणले असाधारण रह्यो, दर्शकहरू अनि प्रसारकको निम्ति असाधारण रह्यो तर एकजना क्रिकेट प्रशंसक र प्रशिक्षकको रूपमा मैले आफ्ना बलरहरू प्रति पनि सहानुभूति राख्नु पर्छ। उल्लेखनीय छ, बुधवार खेलिएको म्याचमा वेष्ट इण्डिजले पहिला ब्याटिंग गर्दै ७ विकेटमा ४०५ रनको विशाल स्कोर बनायो तर भारतले पनि रनको वर्षा गर्दै ४०६ रनको लक्ष्यलाई ३९ बल बाँकी रहँदै केवल २ विकेट गुमाएर हासिल गऱ्यो। गम्भीरको भनाइअनुसार, यस्ता परिस्थितिहरूमा बलरहरूका निम्ति नाम मात्रको सहायता हुने हुनाले उनीहरूका प्रदर्शनको सही आकलन गर्न मुश्किल हुन्छ। उनले भने, यस्ता पीचमा खेल्नु बलरहरूका निम्ति अन्याय हो। हामीले बलरहरूका निम्ति पनि पीचमा केही राख्नु पर्छ, जसले उनीहरूले म्याचको अवधि केही गर्न सक्छन्। यस्ता परिस्थितिहरूमा केवल आँकड़ाको आधारमा कुनै बलरमाथि प्रश्न उठाउन सकिँदैन। उनीहरूले आफ्नो योजनालाई कसरी लागू गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। भारतले दोस्रो वनडे म्याच जितेर ३ वटा म्याचको सीरीजमा २-०-को अजेय बढ़त हासिल गरेको छ। सीरीजको तेस्रो तथा अन्तिम वनडे म्याच शनिवार चण्डीगढ़मा खेलिनेछ।

About Author

Advertisement