अलिपुरद्वार: जयगाउँ पुलिस थानाको पुलिसले आइतवार भुटान सीमाको जयगाउँ इलाकामा पिस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा पुलिसले जाइगाउँ सुम्सुमी बजार इलाकाबाट ३३ वर्षीय सुमन तामाङलाई पक्राउ गरी उनको साथबाट ७ एमएमको पिस्तोल एउटा स्पेयर म्यागजिन र सात राउण्ड कारतूस बरामद गरेको हो। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ। आरोपीलाई अलिपुरद्वार अदालतमा पठाइएको थियो।










