मौसम विभागको दाबी, बङ्गालमा चक्रवातको प्रभाव नपर्ने, हल्का वर्षाको सम्भावना

am_956

कोलकताः बङ्गालको खाड़ीमा उठेको चक्रवाती तूफान मोचाको खतरा पश्चिम बङ्गालबाट हटेको छ। मौसम विभागले शुक्रवार भारतका समुद्र तटीय राज्यहरू पश्चिम बङ्गाल, ओडिशा र आन्ध्र प्रदेशमा चक्रवातको धेरै प्रभाव नपर्ने स्पष्ट गरेको छ।

शुक्रवार बिहान ५ बजी चक्रवाती तूफान पोर्ट ब्लेयरदेखि पश्चिम उत्तर पश्चिममा ५२० किलोमिटरको दूरत्वमा स्थित छ। यो बङ्ग्लादेशको कक्स बजारदेखि १०१० किलोमिटर र म्यान्मारको सितवेमा समुद्र तटदेखि ९३० किलोमिटरको दूरत्वमा स्थित छ। अहिले यो नौ किलोमिटरको वेगले समुद्र तटीय क्षेत्रतिर अग्रसर बनिरहेको छ। मूल रूपमा यो बांग्लादेशको कक्स बजार र म्यान्मारको सितवे तटीय क्षेत्रमा १४ मई दिउॅंसो ठोकिने आशंका छ।

अर्कोतिर, पश्चिम बङ्गालको तापक्रम लगातार वृद्धि भइरहेको छ। शुक्रवार मौसम विभागले जारी गरेको बयान अनुसार, कोलकातामा न्यूनतम तामक्रम २८.७ डिग्री सेल्सियस रेकर्ड गरियो र अधिकतम तापक्रम ३८.१ डिग्री सेल्सियस रेकर्ड गरियो। आज पनि तापक्रम ३० देखि ३९ डिग्रीबीच रहनेछ।

-हिस

About Author

Advertisement