मौसमको कारण कालेबुङमा राज्यका मुख्यमन्त्री‌ शुभेन्दु अधिकारीको हेलिकप्टर अवतरण हुन सकेन

IMG-20260908-WA0088

मुख्यमन्त्रीले सिलगढीको उत्तरकन्याबाट नै भर्चुअल माध्यमबाट सम्बोधन गरे कालेबुङका जनतालाई

कालेबुङ: मौसम खराबीको कारण कालेबुङमा राज्यका मुख्यमन्त्री‌ शुभेन्दु अधिकारीको हेलिकप्टर अवतरण हुन सकेन। हेलिकप्टर अवतरण हुन नसकेपछि मुख्यमन्त्री पुनः सिलगढी फर्किएका छन्। मुख्यमन्त्रीको कालेबुङ टाउन हलमा प्राशासनिक बैठक अनि जन योजना वितरण कार्यक्रम रहेको थियो।मुख्यमन्त्री फर्किएपछि पार्वत्य मामिला मन्त्री विशाल लामा अनि दार्जिलिङका सांसद राजु विष्ट उक्त कार्यक्रममा उपस्थित रहेका थिए। मौसमको कारणले मुख्यमन्त्रीको हेलिकप्टर अवतरण हुन सकेन र मुख्यमन्त्री सिलगढी फर्केर उत्तरकन्याबाट नै कालेबुङका जनतालाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए। मुख्यमन्त्रीको कार्यक्रम रद्द भएपछि साथै जीटीएको प्रशासकमाथि सांसद विष्टले आफ्नो प्रतिक्रिया दिएका छन्। उनले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, ‘मुख्यमन्त्रीको चपर बाघडोगराबाट उडेको थियो र कालेबुङको हेलीप्याडमा मुख्यमन्त्रीको स्वागत गर्नलाई हामी तयार पनि थियौं तर मौसमको कारणले मुख्यमन्त्रीको हेलिकप्टर अवतरण हुन सकेन र मुख्यमन्त्री सिलगढी फर्केर उत्तरकन्याबाट कालेबुङका जनतालाई सम्बोधन गर्नु हुनेछ।’ सांसद राजु विष्टले पत्रकारहरुले सोधेका प्रश्नको उत्तर दिन्दै भने, पहाडको जनताले जीटीएलाई खारेज गरिसकेको छ। भारतीय जनता पार्टीले दिएको वाचन अनुसार पहाडको स्थायी राजनैतिक समाधानको लागि गृहमन्त्री र मुख्यमन्त्रीसित पनि बैठक बसिसकेको छ र स्थायी राजनैतिक समाधान नभएसम्म जीटीएले जनताको लागि काम गर्नेछ।’

About Author

Advertisement