मोरङको रंगेलीमा पर्खालले किचेर नाबालिकाको मृत्यु

IMG-20241107-WA0084

रंगेली: मोरङको रंगेली नगरपालिका-८ निचामारीमा इँटाको पर्खाल ढलेर किच्दा बुधबार साँझ नाबालिकाको मृत्यु भएको छ।
निचामारीका कसरलाल ताजपुरियाकी २ वर्षीया छोरी शोभा ताजपुरियाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार घरसँगै टाँसेर कूल मन्दिरलाई बार लगाउन बनाइएको पर्खाल ढलेर साँझ ५ः२५ बजेतिर नाबालिकालाई किचेको थियो।
खेलिरहेको अवस्थामा पर्खाल झरेर किच्दा नाबालिका गम्भीर घाइते भएकी थिइन्। उनलाई बुवा कसरलालले उपचारका लागि रंगेली अस्पताल ल्याएका थिए। अस्पताल ल्याइपुर्याउनसाथ साँझ ५ः४५ बजेतिर चिकित्सकले मृत घोषित गरेको जोशीले बताए।
शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ। इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले घटनास्थल लासजाँच मुचुल्कासहितको कानुनी प्रक्रिया पूरा गरी घटनाको थप अनुसन्धान अघि बढाएको छ।

About Author

Advertisement