मोबाइल ब्याट्री ब्लास्ट हुँदा तीन सालको नानीको मृत्यु

IMG_20220709_234457.jpg

मालदा: मालदा जिल्ला अन्तर्गत कालियाचकमा फोहोरमा आगो लागेपछि मोबाइलको ब्याट्री ब्लास्ट हुँदा तीन सालको नानीको मृत्यु भयो। घटना शनिवार बिहान राजनगरको घोषपाडा क्षेत्रमा भएको हो।

परिवार अनुसार, नानी घर छेउ खेलिरहेको थियो। त्यही समय सडक नजिकै राखिएको फोहोरमा आगो लगाइएको थियो। आगोमा मोबाइल फोनको ब्याट्री विस्फोट भएर त्यसको टुक्रा नानीको घॉंटीमा लाग्यो। नानीलाई तत्काल बेदाराबाद स्वास्थ्य केन्द्र लगियो, तर नानीलाई बचाउन सकिएन।

पुलिसले घटनाको सम्बन्धमा मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

About Author

Advertisement