मोदी सरकारको अष्टम बर्षपूर्ति मनाउँदै भाजयुमोद्वारा बाइक ऱ्याली

IMG-20220614-WA0152.jpg

कालचिनी। केन्द्रमा भाजपा शासित नरेन्द्र मोदी सरकारको आज अष्टम बर्षपूर्तिको उपलक्ष्यमा आज भारतीय जनता युवा मोर्चा अलिपुरद्वार जिल्ला कमिटीको पक्षबाट अलिपुरद्वार सहरमा बाइक ऱ्याली निकालिएको भाजयुमो अलिपुरद्वार जिल्ला सभापति कमलेश रायले जनाएका छन्।
आज भाजपाको विभिन्न मोर्चाहरूले आ-आफ्नो ढङ्गमा कार्यक्रम गरेको र यस क्रममा भारतीय जनता युवा मोर्चाले अलिपुरद्वार सहरमा बाइक ऱ्याली निकालेको र आज यस ऱ्यालीमा प्रायः ४० वटा बाइकहरूमा प्रायः ७० जना युवा मोर्चा नेता, कार्यकर्ता औ समर्थकहरूले सहभागिता जनाएको थियो।

About Author

Advertisement