झापा: मोरङको बेलबारी नगरपालिका वडा नम्बर १० भाउन्नेका नरबहादुर थापाको मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ परेका छन। थापाको नाममा दर्ता रहेको प्र १–०२–०४८ प ६२०२ नम्बरको खैरो निलो कलरको १५० सिसि को मोटरसाईकल सो ठाँउको त्रिबेणी चोकमा पार्किङ गरी राखेको अबस्थामा जुलाई ५मा अन्दाजी ०८ः३० बजे हराएकोमा मंगलबार दिउँसो अन्दाजी २ः०० बजेको समयमा मोरङको सन्दरहरैचा नगरपालिका ९ जब्दि स्थित भित्रि सडकमा मोटरसाईकलको नम्बर परिवर्तन गरी प्र १–०२–०४७ प ८२६९ नम्बर प्लेट राखि कुदाएको अबस्थामा फेला पारिएको हो। सो कार्यमा संलग्न बेलबारी नगरपालिका वार्ड नं ७ का २३ बर्षीय सुमन चौधरीले जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका ९ का २१बर्षीय सुदिप परियारलाई राखि कुदाई रहेको अबस्थामा इलाका प्रहरी कार्यलय बेलबारीबाट प्रहरी इन्स्पेक्टर तेज बहादुर दाहालको कमाण्डमा खटिएको प्रहरी टोलिले फेला पारी मोटरसाईकल सहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यलय बेलबारीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।










