कालचिनी: आइतबार राती प्रायः ११.३० बजी दलसिंहपाड़ा भानुभक्त चौक संलग्न पासाखा जाने एसियन हाईवे ४८ मा दुईवटा बाइकको भिड़न्तमा ३ जना बाइक सवारको मर्मान्तिक मृत्यु भएको घटना प्रकासमा आएको छ भने उक्त दुर्घटनामा दुईजना मोटरबाइक सवारहरूलाई गम्भीर अवस्थामा अस्पताल लगिएको घटना प्रकासमा आएको छ| प्राप्त जानकारीअनुसार जयगाउँ सुपर मार्केट क्षेत्र निवासी विकास महतो उमेर २४ र तिनको साथी सन्दीप विश्व उमेर २४ एकसाथ मोटरबाइकमा सवार भएर खोक्ला बस्तीबाट जयगाउँतर्फ एसियन हाईवे ४८ हुँदै आइरहेको समय विपरीत दिशा दलसिंहपाड़ाबाट करण राई आफ्नो दुईजना साथीहरु महेश विश्व र कालु गजमेरसित बाइकमा सवार भएर गइरहेको समय भानुभक्त चौकबाट केही पर ट्रक पार्किङ क्षेत्रमा मुखामुखी भिड़न्त भएको थियो भने घटनास्थलमा नै ३ जना क्रमैले विकास महतो, सन्दीप विश्व र करण राईको मृत्यु भएको थियो भने दुईजना मोटरबाइक सवारहरू महेश साह र कालु गजमेरलाई आशङ्काजनक अवस्थामा अस्पताल लगिएको र उपचार चलिरहेको पुलिस सुत्रले बताएको छ| घटनाको जॉंच चलिरहेको जयगाउँ थाना प्रभारी प्रबिर दत्ताले जनाएका छन्|










