मैले पार्टीको निम्ति मुद्दा हालेको होइन, जातिको निम्ति हो: मन घिसिङ

IMG-20220613-WA0106.jpg

दार्जीलिङ। मैले पार्टीको निम्ति मुद्दा हालेको होइन तर जातिको निम्ति हो भनी आज गोरामुमो केन्द्रीय कार्यालय दार्जीलिङमा रिम्बिक लोधोमा समष्टि अनि पुलबिजनबारी समष्टिका प्रतिनिधिहरूलाई आफ्नो सम्बोधन राख्दै गोरामुमो अध्यक्ष मन घिसिङले उक्त मन्तव्य गरेका हुन्। केन्द्रीय कार्यालयमा आज दिनभरिनै समष्टिका प्रतिनिधि अनि कार्यकर्ताहरूको भिडभाड रहेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। आफ्नो सम्बोधनको क्रममा अध्यक्ष मन घिसिङले भने, म सबैलाई सम्झाउँदैछु मेरो कर्तब्य पनि हो र मैले बिगतको दिनहरूमा पनि भनेको हो। हामीलाई धलिमलि गर्दैछ। हामीलाई हेपेको हो जे पनि गर्दा हुन्छ भन्ने हेर्न दृष्टिकोणलाई मैले चुनौती दिएको हो। यसकारण अब हेपिनु हुँदैन सबै अघि आउनु पर्छ। चाप्लुसे राजनीति गर्नु हुँदैन यहाँ गोर्खाको भविष्य र मुद्दाको विषय छ। जबसम्म हरियो झण्डा छ तबसम्म म लागि पर्नेछु सुर्ताउनु पर्दैन। कार्यकर्ताहरूले जनतालाई सहि दिशामा सम्झाउनु पर्ने अध्यक्ष मन घिसिङले निर्देशन दिँदै जबसम्म केन्द्रीय समितिबाट दिशा निर्देश जारी हुँदैन तबसम्म केही कदम नउठाउने २१ जुनको दिन न्यायलयको सुनवाइको प्रतीक्षा गर्ने साथै सङ्गठनलाई बलियो बनाउने तर्फ लाग्ने निर्देशन पनि जारी गरे। पुलबिजनबारी समष्टिका उपाध्यक्ष गाइस सुब्बाले आफ्नो सम्बोधनको क्रममा भने, हामी जीटीएको ब्यवस्थाको विरुद्धमा छौँ र समष्टिले यसलाई खुलेर बिरोध गर्दै चुनाव पनि बहिष्कार गर्छौ। अध्यक्ष मन घिसिङले जाति र माटो बचाउन जुन कदम उठाउनु भएको छ त्यसको समष्टिको तर्फबाट आभार व्यक्त गर्दछौं साथै समष्टिले अध्यक्ष मन घिसिङको हात बलियो बनाउनको निम्ति अन्तिम क्षणसम्म साथ दिने वचन दिएका छन्। रिम्बिक लोधोमा समष्टिले पनि जीटीए ब्यवस्थाको घोर बिरोध गर्दै यो गोर्खा मास्ने ब्यवस्था हो यसलाई खारेज गरेर केन्द्र सरकारले अब झट्ट स्थायी राजनैतिक समाधान गर्न पर्छ भनी जोर दिएका छन्। जनताले अब बुझ्न पर्छ जीटीए चुनावको बहिष्कार गर्दै केन्द्र अनि राज्यलाई सन्देश दिन सक्नु पर्छ कि अब दार्जीलिङ पहाड,तराई अनि डुवर्सका जनता अब न्याय चाहन्छ जनताले स्थायी राजनैतिक समाधानको निम्ति आफ्नो अमुल्य भोट दिएका हुन्। अब त्यो अमुल्य भोटको सम्मान गर्न पर्छ भनी आफ्नो साझा बिज्ञप्ति जारी गरेका छन्। यसैक्रममा आज समष्टिले अध्यक्ष मन घिसिङलाई आउँदो दिनहरूको राजनैतिक कार्यक्रमको निम्ति खदा लगाएर शुभकामना समेत दिएका छन्। आजको साङ्गठनिक सभामा गोरामुमो केन्द्रीय समिति उपाध्यक्ष किशोर गुरुङ लगायत केन्द्रिय समितिका सदस्यहरूको उपस्तिथि रहेको दिनेस साम्पाङले जानकारी दिएका छन्।

About Author

Advertisement