मैला सेग्रीगेशन सेन्टरको विधिवत रुपमा शिलान्यास

IMG-20250331-WA0247

सोनादा: सोनादाको स्थानीय गोराबारी एवं सरस्वती डाँडाबीचको स्थानमा मैला व्यवस्थापन गर्न हेतु निर्माण हुन लागेको मैला सेग्रीगेशन सेन्टरको विधिवत रुपमा शिलान्यास गरिएको छ।‌ उक्त मैला फ्याँक्ने ठाउँको शिलान्यास क्षेत्रीय सभासद अनोश थापाको बाहुलीबाट सम्पन्न गरिएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको तर्फबाट निर्माण हुन लागेको उक्त सेग्रीगेशन सेन्टरको निर्माण कार्यको लागत १८ लाख १९ हजार ७ सय ७८ रुपियाँ रहेको छ। उक्त शिलान्यास कार्यमा सभासद अनोश थापा लगायत लोवर अनि अप्पर सोनादा ग्राम पञ्चायतको पञ्चायत प्रधान, उप प्रधान, पञ्चायत सदस्यहरु र पञ्चायत समिति सदस्यहरु उपस्थित रहेका थिए।

उक्त शिलान्यास कार्यक्रमपछि पत्रकारहरुसित कुराकानी गर्दै क्षेत्रीय सभासद अनोश थापाले सोनादा क्षेत्रको मैला व्यवस्थापन गर्ने यो सानो भए पनि यसको महत्त्व ठूलो रहेको बताउँदै सोनादालाई मैलाले बदनाम गराएको छ तर सोनादा स्वच्छ र सुन्दर छ भनी बताएका छन्। उनले चुनावको बेला घोषणा पत्रमा राखिएको कुरा आज आएर पूरा भएको बताएका छन्।

About Author

Advertisement