मैदानमा रिस देखाउने चमारी अतापत्तूमालाई कठोर शास्ती

IMG-20250513-WA0228

कोलम्बो: श्रीलंकाई महिला क्रिकेट टीमकी कप्तान चमारी अतापत्तूमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) आचार संहिताको लेवल १ उल्लंघनको निम्ति म्याच फीसको १० प्रतिशत जरिमाना लगाएको छ। यो घटना हालै श्रीलंकामा सम्पन्न त्रिदेशीय वनडे सीरीजको अवधि ग्रुप चरणको अन्तिम म्याचमा भएको थियो। दक्षिण अफ्रिकाविरुद्ध त्यस म्याचको ३२औं ओभरमा एनेरी डेरक्सनले चौका लगाएपछि अतापत्तूले रिसाएर आफ्नो चश्मा मैदानमा फ्याँकेकी थिइन्। चश्मा टुक्रा-टुक्रा भएको थियो। यो आईसीसी आचार संहिताको अनुच्छेद २.२-को उल्लंघन हो अनि यो अन्तर्राष्ट्रिय म्याचको अवधि क्रिकेटसँग सम्बन्धित उपकरणको दुरुपयोग या मैदानमा उपकरणहरू फ्याँक्नुसँग सम्बन्धित छ। यस अपराधको निम्ति अतापत्तूमाथि म्याच फीसको १० प्रतिशत जरिमाना लगाइयो। यसको साथमा २४ महिनाको अवधिमा पहिलो अपराधको निम्ति अतापत्तूमाथि अनुशासनात्मक कार्वाहीअन्तर्गत १ डिमेरिट पोइण्ट पनि लगाइयो। मैदानी अम्पायर अन्ना हेरिस र डेडुनू डी सिल्वा, तेस्रो अम्पायर लिण्डन हेनिबल र चौथो अम्पायर निमाली परेराले अतापत्तूमाथि आलोप लगाएका थिए। अतापत्तूले आफ्नो अपराध र शास्ती दुवै स्वीकार गरेकी छन्।

About Author

Advertisement