साओ पाउलो: स्टार स्ट्राईकर नेमारलाई यस महिना अमेरिकामा हुने २ वटा अन्तर्राष्ट्रिय मैत्री म्याचको निम्ति ब्राजीलको फूटबल टीममा चयन गरिएन अनि यसले उनी फिफा वर्ल्ड कपमा खेल्ने विषयमा सन्देह सृष्टि भएको छ। ब्राजीलका पूर्व कप्तान ३४ वर्षीय नेमार अक्टोबर २०२३-मा चोटग्रस्त भएपछि पूर्ण फिटनेस हासिल गर्न संघर्ष गरिरहेका छन्। ब्राजीलले २६ मार्चमा फ्रान्सविरुद्ध बोस्टनमा अनि ४ दिनपछि क्रोएशियाविरुद्ध ओरल्याण्डोमा मैत्री म्याच खेल्नेछ। ब्राजीलका प्रशिक्षक कार्लो एन्सोलोटीलले भनेका छन्, यो एउटा यस्तो टीम हो जसमा सम्पूर्ण रूपले फिट खेलाड़ीहरूलाई सामेल गरिएको छ। उल्लेखनीय छ, ब्राजील लीगमा सेण्टोस र कोरिनथियन्सबीच १-१-ले ड्र रहेको म्याचमा नेमारको प्रदर्शन असल रहेको थिएन। त्यसपछि उनले साओ पाउलोमा एउटा कार्यक्रममा २ वटा मैत्री म्याचको निम्ति ब्राजीलको टीममा स्थान नपाएकोमा निराशा जनाउँदै वर्ल्ड कपको टीममा चाहिँ स्थान बनाउन सफल रहने आशा व्यक्त गरे। उनले भने, मेरो पूरा ध्यान हरेक ट्रेनिंग सेशन र हरेक म्याचमा असल प्रदर्शन गर्नुमा रहेको छ। हामी लक्ष्य हासिल गर्न सफल हुनेछौं अनि यसमा मलाई पूर्ण विश्वास छ। अहिले अन्तिम टीमको चयन हुनु बाँकी छ। उल्लेखनीय छ, ब्राजीलले वर्ल्ड कपको निम्ति अन्तिम टीमको घोषणा १८ मईमा गर्नेछ। त्यसअघि टीमले आफ्नो अन्तिम अभ्यास म्याच ३१ मईमा पनामाविरुद्ध रियो डी जेनेरियोमा खेल्नेछ। नेमारको करियर चोटले प्रभावित रहेको छ। चोटले गर्दा नै नेमार फूटबलबाट सन्न्यास लिने पनि सोचविचार गरिरहेका छन्। उनले हालै ब्राजीलको एउटा डिजिटल च्यानलमा फूटबलबाट सन्न्यासको सम्भावना व्यक्त गरेका थिए।









