मेलामा आएर निखोज आदेश ग्वालाको लागेन पत्तो

IMG-20231124-WA0223.jpg

कालचिनीः गत १९ नोभेम्बरको राती डुवर्सको मटेली थाना अन्तर्गत पर्ने चाल्सा चियाकमानबाट हेमिल्टनगञ्ज काली पूजा मेला घुम्न गाउँले साथी भाईहरूसँग घुम्न आएका एकजना युवक आदेश ग्वाला सोही रातीदेखि हठात निखोज बनेको थियो।
रातभरी मेला घुमेर सबै साथी भाईहरू घर फर्किए पनि आदेश ग्वाला घर पुगेनन्। एकसाथ मेला घुम्न पुगेका आदेश ग्वाला किन घर फर्किएनन् यसबारे सँगै रहेको साथी भाईहरूलाई केही थाह नभएको बताईएको छ। यता निखोज आदेश ग्वालाको प्राथमिकी गत २१ नोभेम्बरको दिन कालचिनी थानामा भएको परिवार सदस्यहरूले जनाएका छन्।
निखोज बनेको आज ५ दिन लागेकोले निखोज भाईको खोजी पुलिसले गऱ्यो वा गरेनन् यसको जानकारी लिन निखोजको दिदि मन्जली ग्वाला र तिनको बोजु र पति कालचिनी आईपुगेका थिए भने यसै क्रममा निखोज आदेश ग्वालाको पत्तो लगाउन कालचिनीका कृपा एनजीओलाई निवेदन पनि गरेको मन्जली ग्वालाले बताएकी छन्। निखोज आदेश ग्वालाको दिदि मन्जली ग्वालाले भाई आदेश ग्वाला गाउँका अरु ८ जना साथीहरूसित मेला घुम्न आएको थियो तर सबै मेला घुमेर घर फर्केर आएता पनि भाई नआउँदा नराम्रो आशङ्का लागेको र कालचिनी थानामा भाईको निखोज प्राथमिकी दर्ता गरेको तर पनि आजसम्म भाईको पत्तो नलागेकोले कालचिनीको कृपा एनजीओ समक्ष पनि खोजीमा मदत गर्ने निवेदन गरेको जनाएकी छन्। अर्कोतिर कृपा एनजीओको सचिव डा. कमल कुजूरले पुलिस समक्ष निखोज आदेश ग्वालाको मिसिङ रिपोर्ट दर्ता भएको र निखोजको परिवारले आफूहरू समक्ष पनि भाईको खोजी गर्ने अनुरोध गरेकोले आफूहरूले यसको निम्ति काम शुरु गरेको जनाएका छन्।
मेला घुम्न साथीहरूसँगै रिजर्भ वाहनमा आएका आदेश ग्वाला आखिर किन र कसरी मेलाबाट बेपत्ता भयो कहाँ गए आदेश, यस विषयले निखोज आदेश ग्वालाको परिवारमा चिन्ताको लहर छाएको छ।

About Author

Advertisement