‘मेरो रुख मेरो सन्तती’ योजनाअन्तर्गत अभिभावकहरूलाई प्रशस्ती पत्र प्रदान

IMG-20230522-WA0333.jpg

गान्तोक: वन एवं पर्यावरण संरक्षणको क्षेत्रमा सिक्किम सरकारको महत्वकांक्षी परियोजना हो ‘मेरो रुख मेरो सन्तती’। यस परियोजनाअन्तर्गत प्रत्येक शिशुको जन्ममा एक सयवटा रुखको विरुवा रोप्नु पर्नेछ। यसमा सिक्किम सरकारको वन विभागले विरुवा उपलब्ध गराउनमा सहयोग गर्नेछ। एसकेएम सरकारको यस महत्वाकांक्षी योजनाको निक्कै प्रशंसा भइरहेको छ।

‘मेरो रुख मेरो सन्तती’ योजनामा मानिसहरूलाई प्रोस्ताहित गर्ने उद्देश्यले राज्यो वन विभागले थप पहल शुरु गरेको छ जसअन्तर्गत यस योजनालाई पालन गर्ने अभिभावलाई मुख्यमन्त्री प्रेम सिंह तामाङको हस्ताक्षरसहितको प्रशस्ती पत्र प्रदान गरिनेछ। उल्लेखनीय कुरा के छ भने यो प्रशस्ती लिएर विभागका उच्च अधिकारीहरू स्वंय अभिभावको घरमा जाने गरेका छन्।

आज पश्चिम सिक्किमको गेजिङ जिल्लाअन्तर्गत केही परिवारकोमा यो प्रशस्ती पत्र लिएर राज्य सरकारको वन विभागका सचिव प्रदीप कुमार केही अन्य अधिकारीहरूको साथमा स्वंय पुगेका थिए। यसरी राज्य सरकारका शीर्ष अधिकारीहरूलाई आफ्नो घर आँगनमा देखेर ती अभिभावकहरू आश्चर्यचकित साथै हर्षित बनेका थिए। त्यो भन्दा पनि आफ्नो शिशुको जन्मलाई लिएऱ मुख्यमन्त्री स्वंयको हस्ताक्षर भएको प्रशस्ती पत्र देखेर त झनै खुशी भिए।

यसरी शिशुको घरमा प्रशस्ती पत्र पुऱ्याउने पहलले मानिसहरूमा मेरो रुख मेरो सन्तती कार्यक्रमप्रति उत्साह र चासो बड़ने वन विभागको अड़ान रहेको छ।

About Author

Advertisement