मेरो कार्यकालमा म अस्थायी कर्मचारीहरुलाई पेन्सन दिलाई छोड्नेछु: अनित थापा

IMG-20250117-WA0239

मिरिक: मेरो कार्यकालमा म अस्थायी कर्मचारीहरुलाई पेन्सन दिलाई छोड्नेछु भनी मिरिकमा आयोजित जीटीए कर्मचारी सङ्गठनको स्थापना दिवसमा उक्त कुरा बताएका छन्‌। आज मिरिक रङ्गशाला भवनमा जीटीए कर्मचारी सङ्गठनको स्थापना दिवस साथै वार्षिक अधिवेशन कार्यक्रम आयोजना गरिएको थियो। यसै समारोहमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले आफ्नो सम्बोधनमा सम्बोधनमा भने, ‘नेता भएर डराउनु हुँदैन। कसैले स्थायीको कुरा गर्छन् कसैले पेन्सनको। दुइटा कुरा एकैचोटी गर्नु सकिन्न। तर मलाई लाग्छ अस्थायी कर्मचारीले अवकास पश्चात पेन्सन पाउनु सके, त्यो ठूलो उपलब्धि हुनेछ। मेरो कार्यकालमा म अस्थायी कर्मचारीलाई पेन्सन दिलाई छोड्नेछु। सरकारले वेतन बढाउनु सकेको छ भने पेन्सन पनि पक्का दिनेछ।’
उनले अघि भने, ‘शुरुमा जीटीए कर्मचारीको नियुक्ति जुन प्रक्रियामा भएको थियो त्यही अनुरुप उनीहरूले सुविधा अनि हक पाइरहेका छन्। प्रत्येक जीटीए सत्ताको नेतृत्वमा उनीहरूको केही उपलब्धि भई रहेको छ। अहिले आएर उनीहरूको वेतनमा वृद्धि पनि भएको छ।’
जीटीए कर्मचारीले आजको दिन घर चुल्हो जलाउनु सकिरहेको छ। तर मेरो चिन्ताको विषय तपाईहरूले अवकास पाएपछि आफ्नो घरको चुल्हो कसरी जलाउने? अस्थायी कर्मचारीले अवकास पाएको भोलि पल्ट देखि नै उसको परिवारमा चिन्ता सुरु हुनेछ। आजकल मानव मूल्य घटेर गएको छ। त्यसैले पेन्सन स्किम नै मेरो प्रमुख मुद्दा हो। यदि यो कुरा सबैले बुझ्नु भयो भने अवकास प्राप्त गरे पछि यो ठूलो उपलब्धि हुनेछ। नहुने कुरा छैन। तर यसको पछि कुदी रहनुपर्छ। यदि तपाइहरुले पेन्सन पाउनु भयो भने स्थायी कर्मचारी सरह हुनुहुनेछ।’
अनित थापाले अझ भने, ‘जीटीए विषय लिएर आगामी केही दिनमा कोलकातामा राज्य सरकारसँग बैठक डाकिएको छ। त्यस बैठकमा पेन्सनको मुद्दा पनि उठाउनेछु। म भड्किए भने पहाड फेरि अशान्त हुनेछ। मैले सहेर नै काम गर्नुपर्छ।’


उनले अझ भने, ‘बङ्गाल हाम्रो चिहान हो, चिहानमा हामी बस्दैनौं भन्ने मानसिकताले आजसम्म हामीलाई छोडेको छैन। त्यो मानसिकतादेखि हामी निस्कनु पर्छ। हामीले मनको कुरा सुनेर धेरै दुःख पायौं। अब दिमागको कुरा सुन्नु पटी लागौं। हामीले दिमागले नै काम गर्नुपर्छ, मनले होइन। मनलाई काबूमा राख्नु सक्नुपर्छ। नेताहरुले हाम्रो यही मन माथि खेलवाड गर्छ। हामीले दुःख पाएको कारण बेसी मनको कुरा सुनेर हो।’

About Author

Advertisement