मेरोमा कुनै पनि नेताको चुनौती स्वीकार गर्ने समय छैन, मेरो काम जनताको सेवा गर्नु हो: अनित थापा

IMG-20250213-WA0356

कालेबुङ: आज कालेबुङकोबपेदोङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले भने, “मेरोमा कुनै पनि नेताको चुनौती स्वीकार गर्ने समय छैन। म कसैलाई चुनौती पनि दिन्न। मेरो काम जनताको सेवा गर्नु हो।”
पहाडलाई स्वास्थ्य राजनीतिले मात्र अघि बढाउनु सक्छ भन्ने सोचमाथि जोड दिँदै थापाले भने, “हिजो हामीले भत्काउने, तोड्ने, जलाउने, सबैलाई विरोधी देख्ने राजनीति गर्ने गर्थ्यौ। यस्तो राजनीति सजिलो राजनीति हो। तर बीजिपिएमले गर्ने राजनीति सोचको परिवर्तन गर्ने राजनीति हो, जुन सजिलो छैन।”
सबै राजनैतिक दलहरुले आफ्नो मुद्दामाथि काम गरे स्वास्थ्य राजनीतिको जन्म हुनेमाथि बिश्वास रहेको बताउँदै उनले भने, ” बिजिपिएमको आफ्नै मुद्दा छ अनि हामी काम गरिरहेका छौं। यदि सबैले आफ्नो मुद्दामाथि काम गरे पहाड चाँडो अघि बढेर जानेछ। तर यहाँ कसैले गरिरहेको काममाथि भाजो हाल्ने काम हुँदैछ।”
त्यसकारण थापाले भने, “अनित थापामाथि उनीहरूले आफ्नो समय बेकारमा खर्च गर्दैछन्। ममाथि खर्च गर्ने शक्ति, समय आफ्नो मुद्दा माथि लगाए जनताले उनीहरूलाई माथि पनि लानुसक्नेछ। तर मेरोपछि मात्र लागे आफ्नो भएको स्ट्यान्डर्ड पनि घटेर जानेछ।”
थापाले अझ भने, “हामीले धेरै दुःख गरेर पहाडको आजको स्वस्थ्य परिवेश बनाएका हौं। यो परिवेशको कारण यहाँ पर्यटन फस्टाएर गएको छ। हाम्रा नानीहरुले राम्ररी पढ्दैछन्।
स्वस्थ राजनीति गर्नु पर्छ। पेदोङलाई कसरी बनाउने भन्ने प्रश्नमाथि राजनीति गर्नुपर्छ। पहिला पेदोङ त्यसपछि मात्र म को राजनीति गर्नुपर्छ। जब सम्म पेदोङलाई माया गर्नुहुन्न तब सम्म पेदोङ अघि बढ्दैन। एकता नै पेदोङलाई अघि लैजाने सूत्र हो।”
थापाले प्रशासनको कार्य लिएर आगामी १५ तारिक कोलकाता जाने घोषणा गरेका छन्।

About Author

Advertisement