मेयरले मोहन बगान एभिन्यूको सडक सौन्दर्यीकरणको समीक्षा गरे

Screenshot_20230529_153809_WhatsApp.jpg

सिलगढी: सिलगढीको महानन्द ब्रिज नजिकै हालै घोषणा गरिएको मोहन बगान एभिन्यूको सौन्दर्यीकरण कार्य चलिरहेको छ। सिलगढी नगरपालिकाको पहलमा सडकको दुबै छेउमा बगैंचा बनाउने कामहरु भइरहेको छ। मोहन बगान एभिन्यूको सडक सौन्दर्यीकरणको निरीक्षण गर्न मेयर गौतम देव, उपमेयर रञ्जन सरकारलगायत नगरपालिकाका पदाधिकारी सोमबार आएका थिए।
मेयरले कामको गतिबारे सम्बन्धित ठेकेदारसँग सोधपुछ गरे। उनीहरुलाई छिटोभन्दा छिटो काम सम्पन्न गर्न निर्देशन दिइएको छ।

About Author

Advertisement