मेधावी स्किल यूनिभर्सिटीको पहिलो दीक्षान्त समारोह

IMG-20250329-WA0324

गान्तोक: मेधावी स्किल यूनिभर्सिटीको पहिलो दीक्षान्त समारोह आज राजधानीस्थित चिन्तन भवनमा सम्पन्न भयो। कार्यक्रममा राज्यका शिक्षा मन्त्री राजु बस्नेत मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिमा सिक्किम विश्वविद्यालयका संस्थापक उपकूलपति एवं सिक्किम सरकारका आर्थिक सल्लाहकार प्रोफेसर महेन्द्र पी.लामा रहेका थिए। दीक्षान्त समारोहको आधिकारिक उद्घाटन विश्वविद्यालयका कूलपति प्रवेश दुदानीले उदघाटन गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा मन्त्री राजु बस्नेतले डिग्रीप्राप्त विद्यार्थीहरूले समाजको विकास साथै प्रगतिमा योगदान पुऱ्याउनु पर्ने बताए। वर्तमान सरकारले राज्यमा विश्वविद्यालयहरूको स्थापनालाई प्राथमिकता दिइरहेको उनले बताए। सिक्किमलाई शिक्षा र ज्ञानको केन्द्र बनाउने राज्य सरकारले प्रयास गरिरहेको उनले दावी गरे।
मुख्यमन्त्री तामाङको दूरदर्शी नेतृत्वमा सिक्किमका प्रत्येक बालबालिकाले अब गुणस्तरीय शिक्षा आर्जन गर्ने अवसर पाएको मन्त्री बस्नेतले बताए। सरकारले राज्यका विद्यार्थीहरूले राज्य बाहिर अध्ययन गर्न चाहेको खण्डमा सरकारको तर्फबाट सबै प्रकारको सहयोग प्रदान गर्दै आइरहेको उनले थप बताए। उद्योग को महत्त्वलाई प्रकाश पार्दै मन्त्री बस्नेतले विद्यार्थीहरूको करियरको उन्नतिको लागि व्यावहारिक ज्ञान प्राप्त गर्न महत्त्वपूर्ण रहेको मन्त्रीले बताए। मेधावी विश्वविद्याले यस सन्दर्भमा उल्लेखनीय प्रगति गरिरहेको बताउँदै यस संस्थाबाट प्लेसमेन्ट प्राप्त गर्नु विद्यार्थीहरूको निम्ति एक महत्त्वपूर्ण कोसेढुङ्गा रहेको उनले थप बताए।
विशिष्ट अतिथि डा. प्रोफेसर महेन्द्र पी. लामाले आफ्नो सम्बोधनमा स्नातक विद्यार्थीहरूका लागि अन्तर्दृष्टिपूर्ण विचार र विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने मन्तव्य प्रकट गरे। उनले वर्तमानका विद्यार्थी साथै युवा र विश्वविद्यालयका विद्यार्थीहरूलाई बधाई दिए, जसले समुदायमा पहिले नै न्यानोपन र शक्ति ल्याइसकेको उल्लेख गरे। उनले विभिन्न विषयमा उतिर्ण गरेका विद्यार्थीहरूलाई वास्तविक संसारको चुनौतीहरूको लागि राम्रोसँग तयार हुनुपर्ने प्रोत्साहित गरे।

About Author

Advertisement