मेजर शहीद दुर्गा मल्लको जन्मदिन पालन

IMG-20220701-WA0196.jpg

कालचिनी। भारतीय स्वतन्त्रता सेनानी तथा आजाद हिन्द फैजका मेजर शहीद दुर्गा मल्लको आज १०९औँ जन्म जयन्ती कालचिनी खण्डको हेमिल्टनगञ्ज फरवार्डनगर स्थित दुर्गा मल्ल चौकमा पालन गरियो। शहीद मेजर दुर्गा मल्लको सालिकमा धुपदीप प्रज्वलन साथै माल्यार्पण कार्यक्रमसितै आज कालचिनी सृजनशील समूहद्वारा उक्त कार्यक्रम पालन गरेको सृजनशील समूहको सचिव चन्दन भट्टराईले जनाएका छन्। यस अवसरमा समूहको प्रमुख सल्लाहकार तथा संस्थापक आसबहादुर लिम्बुले शहीद मेजर दुर्गा मल्लको जीवनीबारे वक्तव्य राखेको थियो भने सचिव चन्दन भट्टराईले शहीद मेजर दुर्गा मल्लको बलिदान दिवस मात्र नभएर तिनको आज जन्मदिनलाई पनि त्यत्तिकै मान्यता दिएर पालन गर्नु आवश्यक रहेको बताए।
आज अवसरमा समूहको सदस्यहरू कवियत्री पद्मा शर्मा आँचल, बाबलु सापकोटा, सञ्जोग लामा, पुष्पाल भुजेल, कवि ज्ञानलाल दर्नाल, सालिक स्थलको संरक्षक प्रकास छेत्री आदिको उपस्थिति रहेको थियो। आज यससितै अन्यान्य युवा संघ संस्थाका युवा जमातले पनि शहीद मेजर दुर्गा मल्लको सालिकमा पुगेर धुपदीप प्रज्वलन साथै माल्यार्पण गर्दै शहीद मेजर दुर्गा मल्लको १०९औँ जन्मदिनको पालन गरेको थियो।

About Author

Advertisement