मेघालय: शिलांग लोकसभा उपनिर्वाचनमा उम्मेदवारको निर्णय दिल्लीबाट हुने

IMG-20260831-WA0086

शिलांग: आगामी शिलङ लोकसभा उपनिर्वाचनका लागि भारतीय जनता पार्टी (भाजपा) ले उम्मेदवारको नाम केन्द्रबाटै टुंगो लगाउने भएको छ। भाजपा नेता तथा पिन्थोरुमख्राहका विधायक ए.एल. हेकले सोमबार यस्तो जानकारी दिएका हुन्।
हेकका अनुसार राज्य इकाइले सम्भावित उम्मेदवारहरूको नाम केन्द्रमा पठाइसकेको छ। अब उम्मेदवार छनोट र घोषणा गर्ने अधिकार दिल्लीस्थित पार्टी नेतृत्वसँग रहेको उनले स्पष्ट पारे। उम्मेदवारको नाम सार्वजनिक गर्ने प्रक्रियामा राज्य भाजपा इकाइको प्रत्यक्ष भूमिका नरहने पनि उनले बताए।
यसअघि राज्य भाजपा इकाइले उपनिर्वाचनका लागि नौ जनाको नाम संकलन गरेको थियो। तीमध्ये एक महिलासहित केही सम्भावित नाम उच्च नेतृत्वसमक्ष पठाइएको जनाइएको छ।

About Author

Advertisement