मेघालय: राज्य एड्स परिषद्को पहिलो बैठक सम्पन्न

FB_IMG_1789498972370

एचआईभी नियन्त्रणका लागि पाँचसूत्रीय रणनीति तय

​शिलांग: मेघालय राज्य एड्स परिषद्को पहिलो बैठक मुख्यमन्त्रीको अध्यक्षतामा सम्पन्न भएको छ। राज्यमा एचआईभी/एड्सको बढ्दो जोखिमलाई ध्यानमा राख्दै यसलाई गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीको रूपमा स्वीकार गरिएको छ।
​प्राप्त तथ्याङ्क अनुसार मेघालयमा एचआईभीको दर ०.४० प्रतिशत रहेको छ, जुन राष्ट्रिय औसत ०.२० प्रतिशतभन्दा दोब्बर हो। सन् २०१० यता नयाँ सङ्क्रमणमा ५८.७४ प्रतिशतले वृद्धि भएको छ, जसअनुसार दैनिक लगभग ७ जना नयाँ बिरामी थपिने गरेका छन्। हाल राज्यमा ६१८ जना एचआईभी सङ्क्रमित रहेका छन्, जसमा ६० जना गर्भवती महिला समावेश छन्।
​सन् २०१० पछि एड्सका कारण हुने मृत्युदरमा ६१.१८ प्रतिशतले कमी आएको भए तापनि सङ्क्रमितमध्ये ७७.२ प्रतिशत मात्र नियमित उपचारको दायरामा छन्। सामाजिक लाञ्छना र आर्थिक कठिनाइका कारण २,३८१ जना निदान भइसकेका बिरामीहरू उपचारबाट वञ्चित रहेका छन्।
​यस चुनौतीसँग जुध्न सरकारले प्रारम्भिक पहिचान तथा जाँचको दायरा विस्तार, उपचार र नियमित स्वास्थ्य सम्पर्कमा सुधार, नयाँ सङ्क्रमणको रोकथाम, आमा तथा बच्चाको सुरक्षा, र सामाजिक लाञ्छना एवं भेदभाव उन्मूलन गर्ने पाँचसूत्रीय रणनीति अघि सारेको छ। यसका साथै स्व-परीक्षण (सेल्फ-टेस्टिङ), मोबाइल आईसीटीसी, नयाँ एआआरटी केन्द्रहरूको स्थापना, औषधि घरमै पुर्याउने व्यवस्था र युवा तथा समुदायको सहभागितामा जनचेतना अभिवृद्धि गर्ने निर्णय गरिएको छ।

About Author

Advertisement