मेघालय: राज्यमा १ हजार १० करोडभन्दा बढीका विकास आयोजनाको शिलान्यास, उपराष्ट्रपतिद्वारा उद्घाटन​

FB_IMG_1788805068840

शिलांग: मेघालयमा १ हजार १० करोड रुपैयाँ (₹१,०१० करोड) भन्दा बढी लागतका विभिन्न विकास निर्माण आयोजनाहरूको शिलान्यास गरिएको छ। मेघालयका मुख्यमन्त्री कोनराड के साङ्माले भारतका उपराष्ट्रपति सी. पी. राधाकृष्णनलाई राज्यमा स्वागत गर्दै यी महत्त्वाङ्क्षी आयोजनाहरूको जग बसालेका हुन्।
​यस बृहत् विकास प्याकेज अन्तर्गत ८५०.५८ करोड रुपैयाँको लागतमा न्यू शिलोङ खानेपानी योजना (दोस्रो चरण – भाग ‘ए’) को शिलान्यास गरिएको छ। त्यसैगरी, जोङ्क्सा-खराङ-दिएङलिएङ-नोङज्रोङ-मुडिम्मै-वाहियाजेर सडक खण्डमा उम्नगोट नदीमाथि बन्ने ११० मिटर लामो पुलका लागि २१.८६ करोड रुपैयाँ र पिलाङ्कु-ए, जिर्माङ, छिब्रा तथा माविओङ भई जाने १३.५० किलोमिटर लामो उमसेन-बारापत्थर सडक निर्माणका लागि ५६.०१ करोड रुपैयाँ विनियोजन गरिएको छ।
​स्वास्थ्य र ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि शिलोङस्थित सिभिल अस्पतालमा १० करोड रुपैयाँको लागतमा ३० शय्याको आयुष सुविधा थप गरिने भएको छ भने मावखानुमा २×५० एमभिए, १३२/३३ केभी सबस्टेशन तथा साइसेज-मावखानु १३२ केभी डी/सी लाइन र साइसेजमा जिआईएस बे निर्माणका लागि ७२.५० करोड रुपैयाँ खर्च गरिनेछ।
मुख्यमन्त्री साङ्माका अनुसार यी पूर्वाधार लगानीले मेघालयको खानेपानी, सडक, स्वास्थ्य र विद्युत् क्षेत्रलाई मजबुत बनाउँदै थप जोडिएको र समृद्ध राज्य निर्माण गर्ने संकल्पमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।
​​

About Author

Advertisement