कोचबिहार: बङ्गलादेशी फलफूलको जुस गोदाममा भीषण आगलागी हुँदा लाखौंको क्षति भएको छl कोचबिहार जिल्लाको मेखलीगञ्ज ब्लकको च्यांग्राबन्धा ल्याण्ड पोर्ट क्षेत्रमा मंगलबार बिहान भीषण आगलागी भएको छ। स्थानीयवासीले अचानक च्यांग्राबन्धा बाइपास क्षेत्रमा रहेको एक गोदाममा आगो लागेको देखे। उनले तुरुन्तै दमकल विभागलाई खबर गरे। एउटा दमकल घटनास्थलमा पुग्यो। धेरै प्रयासपछि आगो नियन्त्रणमा ल्याइयो। मेखलीगञ्जका पुलिस अधीक्षकले गोदाममा बङ्गलादेशबाट आयात गरिएको फलफूलको रस रहेको बताए। आगलागीको वास्तविक कारणको बारेमा दमकल विभागले अनुसन्धान गरिरहेको छ। तर, बस्ती भएको क्षेत्रमा अचानक आगलागी हुँदा त्रास फैलियो।










