मुस्ताफिजुर रहमानलाई रिलीज गर्ने बीसीआईको केकेआरलाई निर्देश

IMG-20260103-WA0003

नयाँ दिल्ली: भारत र बंग्लादेशीच द्विपक्षीय सम्बन्धहरूमा बढ़्दो तनाउलाई ध्यानमा राखेर भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२६ अघि कलकत्ता नाइट राइडर्स (केकेआर)-लाई बंग्लादेशका पेस बलर मुस्ताफिजुर रहमानलाई आफ्नो टीमबाट रिलीज गर्ने निर्देश दिएको छ। बीसीसीआई सचिव देवजीत सैकिया स्वयंले यस खबरको पुष्टि गरेका छन्। मुस्ताफिजुरलाई खरीद गरेको कुरालाई लिएर बलिवुड सुपरस्टार रर केकेआरका मालिक शाहरुख खानको निक्कै आलोचना भइरहेको थियो अनि अहिले यस मामिलामा बीसीसीआई पनि अघि आएको छ। बंग्लादेशका पेस बलर मुस्ताफिजुरलाई केकेआरको टीममा सामेल गरिएको विषयमा लगातार विवाद भइरहेको थियो। वास्तवमा बंग्लादेशमा हिन्दु अल्पसंख्यकहरूमाथि गत केही समयदेखि हिंसाको खबर प्रकाशमा आइरहेको छ। यी समस्त घटनाक्रमहरूले गर्दा भाजपा र शिवसेनाका धेरै शीर्ष नेताहरूले आईपीएल बंग्लादेशी खेलाड़ीहरूलाई खेल्ने अनुमति दिइएकोमा प्रश्न उठाएका थिए। विवाद बढ़िरहेको देखेर बीसीसीआईले यस मामिलामा हस्तक्षेप गर्दै केकेआरलाई मुस्ताफिजुरलाई रिलीज गर्ने निर्देश दिएको छ। बीसीसीआई सचिवले भने, बीसीसीआईले कलकत्ता नाइट राइडर्सलाई मुस्ताफिजुर रहमानलाई आफ्नो टीमबाट रिलीज गर्ने निर्देश दिएको छ। आवश्यकता परे उनको स्थानमा अन्य कुनै खेलाड़ीलाई टीममा सामेल गर्न सकिनेछ। उनीहरूले अनुरोध गरे बीसीसीआईले अन्य कुनै खेलाड़ीलाई टीममा सामेल गर्ने अनुमति दिनेछ। यसको साथै सैकियाले हालै भएको घटनाहरूको आधारमा बोर्डले यस्तो फसेला गरेको पनि स्पष्ट गरेका छन्।
आईपीएल २०२६-को निम्ति दिसम्बरमा भएको मिनी लिलामीमा केकेआरले मुस्ताफिजुरलाई आफ्नो टीममा सामेल गरेको थियो। शाहरुख खानको स्वामित्वमा रहने केकेआरले बंग्लादेशी पेस बलरको निम्ति ९.२० करोड़ रुपियाँ खर्च गरेको थियो। मुस्ताफिजुरको बेस प्राइस चाहिँ २ करोड़ रुपियाँ रहेको थियो। लिलामीको अवधि उनको निम्ति केकेआर र चेन्नई सुपर किंग्सबीच होड़ लागेको थियो। आईपीएल २०२६-को निम्ति भएको मिनी लिलामीमा ७ जना बंग्लादेशी खेलाड़ी सामेल थियो। यसमा रिशाद हुसैन, तस्कीन अहमद, तञ्जीम हसन साकिब, नाहिद राणा, रकीबुल हसन, मोहम्मद शोरिफुल इस्लाम र मुस्ताफिजुर रहमान सामेल थिए।

About Author

Advertisement