सिलगढी: प्रेमचन्द जयन्तीको अवसरमा आज उपन्यास सम्राट मुन्शी प्रेमचन्द महाविद्यालयमा विशेष कार्यक्रमको आयोजना गरियो। यस अवसरमा उत्तर बंगाल विकासमन्त्री उदयन गुहा, सिलगढी महानगरपालिका गौतम देव, दार्जीलिङ जिल्ला अध्यक्ष पापिया घोष, सिलगढी नगरनिगमका मेयर र अन्यले मुन्शी प्रेमचन्दको प्रतिमामा श्रद्धाञ्जली अर्पण गरेl

प्रेमचन्द महाविद्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ। उत्तर बंगाल विकासमन्त्री उदयन गुहाले प्रतिष्ठित साहित्यकार तथा लेखक मुन्शी प्रेमचन्दको जीवनीमा प्रकाश पारे।










