मुङपु लाब्दा समष्टिका मुनाल तामाङ् (घिसिङ) बिजीपीएम पार्टीमा सामेल

IMG-20250522-WA0246

मङ्पु: जीटीए चुनावमा मङ्पु लाब्दा समष्टि क्षेत्रबाट चुनाव लडेका मुनाल तामाङ आज बिजीपीएम पार्टीमा सामेल भएका छन्। तामाङले चुनावमा १९२३ (१८.२१%) भोट पाएर दोस्रो स्थानमा रहेका थिए।
मुनाल तामाङलाई पार्टीमा सामेल गर्दै पार्टी अध्यक्ष अनित थापाले भने, “मुनालज्यू सामेल हुनु, बिजीपीएम पार्टी अनि अनित थापाको नेतृत्वमाथि जनताको आशा अनि भरोसाको प्रतिक हो। मुनाल तामाङले सिन्कोना प्लानटेशनको मुद्दा लिएर चुनाव लड्नु भएको थियो। त्यही मुद्दालाई लिएर उहाँले आफ्नो कामलाई निरन्तरता दिनु हुनेछ। निष्पक्ष रुपमा काम गरिदिनुहोस्। आज उनलाई सिनकोना प्लानटेशन लेबर यूनियनको चिफ को-अर्डिनेटरको रूपमा नियुक्ति गर्दछु। उहाँ बिजीपीएममा सामेल हुनु अनि सिनकोना प्लानटेशनको मुद्दाहरु ट्रयाकमा आउनु संयोग मात्र होइन जस्तो लाग्छ।”

About Author

Advertisement