मुख्य सचिव पाठकले औपचारिक रूपमा कार्यभार सम्हाले

IMG-20220903-WA0182.jpg

गान्तोक: वरिष्ठ आईएएस अधिकारी विजय भूषण पाठकले आज बिहान राज्य सचिवालयमा औपचारिक रूपमा मुख्य सचिवको कुर्सी सह्माले। गृह विभागका अतिरिक्त मुख्य सचिव आर. तेलाङ, विभिन्न विभागका सचिवगण, मुख्य सचिवको कार्यालयका कर्मचारीहरूले उनलाई खदार्पण गरी स्वागत जनाए। जानकारी गराइन्छ, राज्यका पूर्व मुख्य सचिव एससी गुप्ताको गत ३१ अगस्तको दिन सेवाकाल समाप्त भएपछि भीपी पाठकलाई राज्यको नयाँ मुख्य सचिव नियुक्त गरिएको छ। उनी १९९० ब्याचका सिक्किम कैडरका आईएएस अधिकारी हुन्। यसअघि उनी राज्यको योजना एवं विकास विभागका अतिरिक्त मुख्य सचिव एवं विकास आयुक्तको पदसँगै वित्त विभागका अतिरिक्त मुख्य सचिवको रूपमा सेवारत थिए। ३१ अगस्तको दिन राज्य सरकारको कार्मिक विभागबाट जारी कार्यालय आदेशअनुसार मुख्य सचिव भीपी पाठकले वित्त विभागको प्रभार पनि निरन्तर रूपमा सह्माल्नेछन्। उनलाई योजना एवं विकास विभागका विकास आयुक्तको जिम्मेवारीबाट भने मुक्त गरिएको छ।

About Author

Advertisement