मुख्य चुनाउ अधिकारीले राज्यपाललाई चुनाउ परिणामको विवरण प्रस्तुत गरे

IMG-20240602-WA0282.jpg

गान्तोक: सिक्किमका मुख्य चुनाउ अधिकारी डी. आनन्दनले आज राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग राजभवनमा शिष्टाचार भेट गरेर राज्य विधानसभा चुनाउ परिणाम विवरण प्रस्तुत गरे।
यस अवधि भारत चुनाउ आयोगका सचिव सन्तोष कुमार दुबे पनि उपस्थित थिए।
राजभवनद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, सिक्किममा भएको चुनाउको परिणामबारे बताउॅंदै ३२ विधानसभा सीट मध्ये ३१ सीटमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टी विजयी बनेको र एउटा सीट सिक्किम डेमोक्रेटिक फ्रण्टले जितेको जानकारी राज्यपाललाई गराइयो। राज्यपालले सफलतापूर्वक चुनाउ सम्पन्न गराएकोमा मुख्य चुनाउ अधिकारी र उनका सम्पूर्ण टीमलाई बधाई दिए।
मुख्य चुनाउ अधिकारीले चुनाउ शान्तिपूर्वक सम्पन्न भएकोमा सबै हितधारक, राजनीतिक दल र निर्दलीय प्रत्याशीहरूले सन्तुष्टि व्यक्त गरेको जानकारी गराए।

About Author

Advertisement