गान्तोक: मुख्यमन्त्री मेन्टरशिप कार्यक्रममाथि एसएसएस, एसएस, एचओआई र दशौं श्रेणीका विषय शिक्षकहरूलाई लिएर मंगन जिल्लाको पीएमश्री विद्यालयको प्रेक्षागृहमा एक सभा सम्पन्न भयो। उक्त अवसरमा प्रधान निर्देशक सोनम डेञ्जोङपा, मुख्य शिक्षा अधिकारी डेबिड ग्याम्छो लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। यस सभामा बोर्डको परिणाममाथि विश्लेषण गरियो, जसमा एसआरजीहरू दशौं श्रेणीमा शतप्रतिशत परिमाण ल्याउनु पर्ने सुझाउ साथै रणनीति तयार गरियो।
प्रमुख निर्देशकले आफ्नो सम्भाषणमा बोर्ड परीक्षामा सतप्रतिशत विद्यार्थीहरू उतिर्ण हुनु पर्ने र यसको निम्ति विभागले सबै विद्यालयलाई सहयोग पुऱ्याउने आश्वासन दिए। विद्यार्थीहरूको निम्ति पन्ध्रवटा कोचिङ सेन्टरहरू पहिचान गरिएको र यसै महिनादेखि कोचिङ शुरू गरिएको पनि अवगत गराए।











