मुख्यमन्त्री ममता ब्यानर्जीले दिए नेपाली नयॉं वर्षको शुभकामना

tc8b0jl8_mamata-banerjee_625x300_22_August_23.jpg

काेलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले नेपाली नयॉं वर्षको अवसरमा शुभकामना दिएकी छन्। उनले आफ्नो एक्स ह्यान्डलमा पोस्ट गरेर लेखेकी छन्, ‘आज, नेपाली नयॉं वर्षमा म आफ्ना सबै नेपाली भाषी दाजु भाई र दिदी बहिनी तथा विशेष रूपमा पश्चिम बंगालको पहाडी र डुवर्स तराई क्षेत्रमा बसोबासो गर्नेहरूलाई हार्दिक शुभकामना दिॅंदुछु।’ उनले लेखेकी छन्, ‘उनीहरूको उत्सवले हाम्रो ह्रदयमा खुशी लिएर आउॅंछ, हामीलाई भाइचाराको समान भावनासॅंग जोड्छ। हामी सबै मिलेर नयॉं सालको आगमनको खुशी मनाउॅंछौ।’

About Author

Advertisement