मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा हेट स्पीच मामिलामा भाजपा नेताहरूको निन्दा

मुख्यमन्त्री ममता ब्यानर्जी l फाइल फोटो

कोलकाता: एक विशेष समुदायको पैगम्बरविरूद्ध भाजपाकी पूर्व प्रवक्ता नूपुर शर्माको टिप्पणीलाई आधार बनाएर मुख्यमन्त्री ममता ब्यानर्जीले हेट स्पीच मामिलामा भाजपा नेताहरूको निन्दा गरेकी छन्। यद्यपि, हेट स्पीच मामिलामा दिल्ली पुलिसले भाजपा नेत्री नूपुर शर्मा बाहेक कांग्रेस नेता नवीन जिन्दलसमेत विशेष समुदायका धेरै विवादित मौलवीहरू विरूद्ध प्राथमिकी दर्ता गरेको छ। बिहीबार मुख्यमन्त्री ममता ब्यानर्जीले ट्वीटरमा केवल भाजपा नेताहरूको निन्दा गर्दै उनीहरूलाई पक्राउ गरिने माग गरेकी छन्। मुख्यमन्त्री ममता ब्यानर्जीले एकपछि अर्को तीन वटा ट्वीटमा लेखिन्, ‘म केही विनाशकारी भाजपा नेताहरूद्वारा हालमा जघन्य र नृशंस अभद्र भाषामा गरिएका ती टिप्पणीहरूको निन्दा गर्दछु, जसको परिणामस्वरूप न केवल हिंसा फैलियो तर देशको शान्ति र सौहार्द बिग्रेको छ। भाजपाका आरोपी नेताहरूलाई तुरन्तै पक्राउ गरिने माग गर्दछु ताकि देशको एकता भंग नहोस् र मानिसहरूलाई मानसिक पीड़ाको सामना गर्न नपरोस्। साथै म सबै जातिहरू, पन्थहरू, धर्महरू र समुदायहरूका आफ्ना सबै भाई-बहिनीहरूसित उत्तेजित हुनको साटो आम जनताको व्यापक हितमा शान्ति बनाई राख्ने अपील गर्दछुl’

About Author

Advertisement