मुख्यमन्त्री प्रेम सिंह तामाङले परीक्षार्थीहरूलाई मंगलकामना व्यक्त गरे

FB_IMG_1758130476066

गान्ताेक: मुख्यमन्त्री प्रेम सिंह तामाङले सीबीएसई कक्षा १० र १२ का बोर्ड परीक्षामा सहभागी भइरहेका तथा आईसीएसई कक्षा १० का परीक्षार्थी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना, मंगलकामना र उत्साह प्रदान गरे।
समाजिक संजाल मार्फत यसबारे उल्लेख गर्दै मुख्यमन्त्रीले परीक्षार्थीहरूलाई आफ्नो शैक्षिक यात्राको यस महत्वपूर्ण चरणमा प्रवेश गर्दै गरेको हुनाले यीनीहरूले गरेको मेहनत र हासिल गरेको ज्ञानमा विश्वास राख्न सल्लाह दिए साथै शान्त रहेर एकाग्रता कायम राख्न र प्रत्येक प्रश्नपत्रलाई स्पष्टता र आत्मविश्वासका साथ सामना गर्न प्रेरित गरे।
यसरी नै अन्तमा उनले हरेक प्रश्नलाई साहसका साथ सामना गर्दै आफ्नो उत्कृष्ट प्रयास गर्न र अझ बलियो तथा आत्मविश्वासी बनेर अघि बढ्न हिम्मत जगाए साथै परीक्षार्थी सबैलाई उत्कृष्ट सफलता तथा उपलब्धि, प्रगति र नयाँ अवसरहरूले भरिएको उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गरे।

About Author

Advertisement