गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सम्मान भवनमा पीएचई, बागवानी तथा कृषि विभागसँग बैठकको अध्यक्षता गरे।
सामाजिक संजाल मार्फत यसबारे उल्लेख गर्दै मुख्यमन्त्रीले बैठकका क्रममा वर्तमान स्थलगत अवस्थाको समीक्षा तथा मूल्याङ्कन गरेको साथै सञ्चालनमा रहेका योजना तथा विभागीय पहलहरूको अवलोकन गरेको र प्रमुख विषयवस्तु तथा प्राथमिकताहरू सम्बन्धी विस्तृत छलफल सम्पन्न भएको जानकारी गराए।
यसैगरी अन्तमा मुख्यमन्त्रीले सम्बन्धित अधिकारीहरूलाई आवश्यक निर्देशन दिइएको अनि समन्वित प्रयास, समयमै कार्यान्वयन तथा योजनाका लाभहरू प्रभावकारी रूपमा जनतासम्म पुर्याउने विषयमा विशेष जोड दिइएको जनाए।










