मुख्यमन्त्री प्रेम सिंह तामाङले अडियोटोरियमको उद्घाटन गरे

FB_IMG_1768906831327

गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले माघे सङ्क्रान्ति मेलाको पावन अवसरमा पीएम श्री सरकारी उच्च माध्यमिक विद्यालय, जोरेथाङमा नवनिर्मित अडिटोरियम- कम -१० कोठे विद्यालय भवनको उद्घाटन गर्न पाउँदा अत्यन्त हर्षित छु भने।


यसबारेमा सामाजिक संजालमा व्यक्त गर्दै यस महत्वपूर्ण उपलब्धिको साक्षी बन्न उक्त संस्थामा उपस्थित हुन पाउँदा उनलाई ठूलो गर्व र आनन्द महसुस भएको छ। यस परियोजनालाई साकार पार्न सामूहिक रूपमा योगदान पुर्‍याउने प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सम्पूर्ण सरोकारवालाहरूलाई हार्दिक बधाई ज्ञापन गरे।


अन्तमा मुख्यमन्त्रीले भने, ‘म विश्वस्त छु कि यो नयाँ अडिटोरियम शैक्षिक, सांस्कृतिक तथा सह–शैक्षिक गतिविधिहरूका लागि महत्वपूर्ण मञ्चका रूपमा उपयोग हुनेछ र विद्यार्थीहरूको समग्र विकासमा योगदान पुर्‍याउनेछ। आगामी दिनहरूमा पीएम श्री सरकारी उच्च माध्यमिक विद्यालय, जोरेथाङको निरन्तर प्रगति र सफलताको लागि शुभकामना व्यक्त गर्दछु।

About Author

Advertisement