मुख्यमन्त्री प्रेम सिंह तामाङद्वारा सिक्किमेली जनतालाई माघे संक्रान्तिको शुभकामना व्यक्त

FB_IMG_1768394074592

गान्ताेक: माघे सङ्क्रान्तिको पावन अवसरमा जोरेथाङस्थित पवित्र त्रिकालेश्वर मन्दिरमा राज्यपाल ओम प्रकाश माथुरसित प्रार्थना अर्पण गर्ने अवसर पाउनु सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङको लागि सम्मान र सौभाग्यको कुरा बन्यो। सामाजिक संजाल मार्फत माघे सङ्क्रान्तिको पावन अवसरमा उनले सिक्किमका सम्पूर्ण जनताप्रति हार्दिक शुभकामना तथा मंगलकामना व्यक्त गरे।
मुख्यमन्त्रीले देशभर मकर सङ्क्रान्तिको रूपमा मनाइने यो पवित्र पर्वले सूर्यको महत्वपूर्ण खगोलीय परिवर्तन र नयाँ बाली चक्रको सुरुवातलाई जनाउँछ भने साथै यो पर्व आध्यात्मिक चिन्तन, सांस्कृतिक परम्परा र प्रकृतिप्रतिको कृतज्ञतामा गहिरो रूपमा आधारित छ, जसले मानव र प्रकृतिबीचको सुमधुर सम्बन्धको स्मरण गराउने बारे जनाए।
अन्तमा मुख्यमन्त्रीले संजाल मार्फत यो शुभ अवसरले प्रत्येक घरपरिवारमा सुख, समृद्धि र उत्तम स्वास्थ्य ल्याओस्,आपसी एकता अझ सुदृढ बनाओस्, सकारात्मक कार्यका लागि प्रेरणा प्रदान गरोस्, र सिक्किमका सबै जनताको जीवनमा शान्ति, सम्पन्नता तथा नयाँ उद्देश्यको संचार गरोस् भन्ने कामना व्यक्त गरे।

About Author

Advertisement