मुख्यमन्त्री प्रेम सिंह तामाङद्वारा एनएचआईडीसीएल परियोजना समीक्षा बैठकको अध्यक्षता

FB_IMG_1768324304317

गान्ताेक: आज सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले मिण्टोकगाङ सिक्किममा राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड (एनएचआईडीसीएल) द्वारा कार्यान्वयन भइरहेका परियोजना सम्बन्धी विषयहरूको समीक्षा गर्न बसेको बैठकको अध्यक्षता गरे।
मुख्यमन्त्रीले सामाजिक संजाल मार्फत बैठकमा राज्यभर सम्पन्न भइसकेका परियोजनाहरूको समग्र अवस्था, हाल सञ्चालनमा रहेका कार्यहरू तथा तयार भइरहेका विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) हरूबारे विस्तृत छलफल गरेको बताए।
उनले जिल्ला विशेष समस्याहरूमा विशेष ध्यान दिइएको र यस क्रममा पाक्योङ जिल्लाका विषयहरूमा अविरल यातायात कायम राख्दै काम सम्पन्न गर्ने वा थप जग्गा अधिग्रहणपश्चात् कार्य अघि बढाउने विकल्पहरूबारे विचार–विमर्श गरेको जानकारी दिए। साथै ग्यालसिङ जिल्लामा सञ्चालनमा रहेका एनएचआईडीसीएल परियोजनासम्बन्धी समस्याहरूको पनि समीक्षा गरेको छ भने।
बैठकले प्रशासनिक चुनौतीहरू समाधान गर्दै र जनसुविधालाई ध्यानमा राखी पूर्वाधार विकासलाई तीव्र गतिमा अघि बढाउने राज्य सरकारको प्रतिबद्धतालाई पुनः पुष्टि गर्‍यो भनि संजाल मार्फत मुख्यमन्त्रीले उल्लेख गरे।


बैठकमा कार्यकारी निर्देशक (पी) श्री अशोक साहा, महाप्रबन्धक (भूमि अधिग्रहण) कर्नेल राजेश कुमार, महाप्रबन्धक (पीएमयू, रानीपूल) श्री आपन भौमिक, महाप्रबन्धक (पीएमयू, रेनक) कर्नेल ए.के. सिद्धिकी, महाप्रबन्धक (एनएचआईडीसीएल, ग्यालसिङ) श्री एस.बी.एस. माधुकर तथा राज्य सरकारका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए भनि संजालमा मुख्यमन्त्रीले जनाए।

About Author

Advertisement