मुख्यमन्त्री प्रेमसिंह तामाङले गरे कुम्भमेला जाने लामा टोलीलाई विदाई

IMG-20250203-WA0353

गान्तोक: गत १३ जनवरीदेखि उत्तर प्रदेशको प्रयागराजमा आयोजना भइरहेको महाकुम्भ मेलामा सहभागी जनाउन सिक्किम राज्यका बौद्ध लामाहरूको प्रतिनिधि आज प्रयागराज प्रस्थान गरे। राजधानीस्थित जवाहारलाल नेहरू पार्क अर्थात रिज पार्क नजिक राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले झण्डा हल्लाएर टोलीलीई प्रस्थान गराए। आज प्रस्थान गरेका लामाहरू आगामी ७ फरवरीको दिन राज्य फर्किने भएका छन् भने उक्त टोलीमा ३० जना लामा लगायत दुई जना धर्म विभागका अधिकारीहरू सामेल रहेका छन्।


मुख्यमन्त्रीले महाकुम्भ मेलामा सिक्किमका बौद्ध भिक्षुहरूको सहभागिताले अन्तरधार्मिक सद्भाव लाई बढावा दिने, राष्ट्रिय मञ्चहरूमा यसको समृद्ध सांस्कृतिक विरासतलाई बढावा दिने राज्यको प्रतिबद्धतालाई उजागर गर्नको साथै प्रतिनिधिमण्डललाई बिदाइ गर्न पाएकोमा गर्व महसुस गरेका छन्।

About Author

Advertisement