मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो परिवारका साथ मनाए तिहार

00-1-Sikkim-CM-3-1

सोरेङ: मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो गाउँ सिङलिङ, सोरेङमा आफ्नो परिवारसँग हर्षोल्लासपूर्वक तिहार मनाए। उनले आफ्नो परिवारका ‘शक्तिको स्तम्भ’ आमासँग हुनु विशेष अर्थपूर्ण रहेको भन्दै गहिरो कृतज्ञताका साथ  माया दर्शाए। आमासँग समय बिताउनका साथै, उनले आफ्नो दिदीबहिनीहरू र उनीहरूका परिवारलाई पनि भेट गरेl लक्ष्मी पूजाको यस पावन अवसरको हार्दिक शुभकामना व्यक्त गरे। उनले यो प्रकाशमय पर्वमा सबैका सुख, शान्ति, समृद्धिका लागि कामना गरे। -आईपीआर

About Author

Advertisement