गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका विद्यायकहरूको साथमा सोमवार एनडीएको राष्ट्रपति पदकी उम्मेदवार द्रौपदी मुर्मुसँग दिल्लीमा शिष्टाचार भेट गरेर, उनलाई आगामी राष्ट्रपति चुनाउको निम्ति शुभकामना व्यक्त गरेका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आफ्नो फेसबुक पेजमार्फत दिएका छन्।
उल्लेखनीय छ, एसकेएम सरकारले राष्ट्रपति चुनाउमा एनडीएकी उम्मेदवार द्रौपदी मुर्मुलाई समर्थन गर्ने घोषणा अगावै गरिसकेको छ। हिजो दिल्ली पुगेका मुख्यमन्त्रीले केन्द्रिय मन्त्री सर्वानन्द सोनोवालसॅंग पनि भेट गरेका थिए।









