मुख्यमन्त्री प्रेमसिंह गोलेद्वारा श्रद्धा राईलाई आर्थिक सहयोग

IMG-20230321-WA0000.jpg

गान्तोक: श्रद्धा राई प्रतिष्ठित गायन प्रतियोगिता ‘भोइस अफ् नेपाल किड्स’ मा भाग लिन हाल काठमाडौंमा छिन्। उनले प्रतियोगिताको अडिशन राउण्ड पार गरेर राम्रो प्रस्तुति दिँदै अगाडि बढिरहेको जानकारी मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ गराएका छन्।श्रद्धालाई मन्त्रीद्वय एमएन शेर्पा र सञ्जीत खरेल अनि मनोज अग्रवालले मिलेर सो प्रतियोगितामा भाग लिन काठमाडौं पठाइएको पनि उनले बताएका छन्। आफुहरू काठमाडौं आउने क्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङले श्रद्धालाई शुभकामनासहित आर्थिक सहायता पठाएको उनले बताएका छन् ।यो राशि श्रद्धा र उनका पितालाई प्रदान गरिएको पनि उनले जानकारी गराएका छन्। श्रद्धा राई सिक्किम आइडलमा टप १० प्रतियोगी थिइन्।

About Author

Advertisement