मुख्यमन्त्री प्रेमसिंह तामाङले गरे गृह मन्त्री शाहसँग भेट

your_paragraph_text_-_2023-02-07t164238.466-sixteen_nine.jpeg

गान्तोक: सिक्किमे नेपालीमाथि विदेशी मूलको भनेर लागेको कलंग मेटाएरै छाड़्ने प्रतिबद्धताको साथ नयाँ दिल्लीमा रहेका राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज केन्द्रिय गृह मन्त्री अमित शाहसँग भेट गरे। यस अवधि उनीसँग सिक्किमका विधानसभा अध्यक्ष अरुण उप्रेती, पर्यटन एवं नागरिक उड्डयन मन्त्री बीएस पन्त साथमा रहेका थिए।

गृह मन्त्रालयद्वारा सिक्किमे नेपाली समुदायलाई विदेशी मूलको भनेर उल्लेख गरेको सर्वोच्च न्यायालयको आदेश पत्रबारे पुनर्विचार याचिका दर्ता गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्रिय गृह मन्त्री अमित शाहप्रति कृतज्ञता प्रकट गरे। मुख्यमन्त्री पीएस गोलेले आफ्नो फेसबूक पेजमार्फत यसबारे जानकारी गराएका छन्। भारतको माननीय सर्वोच्च अदालतले भर्खरै सुनाएको फैसलामा गरिएको अवलोकनको सम्बन्धमा केन्द्रीय गृहमन्त्री, गृह मन्त्रालयले देखाएको चासोको हामी सम्मान गर्छौं र राज्य सरकारलाई प्रदान गरिएको सहयोगको लागि पनि आभारी छौं भन्ने मुख्यमन्त्री तामाङले बताएका छन्।

About Author

Advertisement