मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा स्वामी विवेकानन्दप्रति सम्मान व्यक्त

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय युवा दिवसमा स्वामी विवेकानन्दप्रति सम्मान व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमा स्वामी विवेकानन्दको जन्म जयन्तीलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ भन्दै महान दार्शनिक र लेखकप्रति सम्मान व्यक्त गरेका छन्। समाजमा युवाहरूको भूमिका महत्वपूर्ण छ भन्दै उनले युवाहरूलाई स्वामी विवेकानन्दको शिक्षा र दर्शनहरूसँग परिचित बन्न आह्वान गरेका छन्। उनले युवाहरूलाई देशमा प्रेम शान्ति अनि भाइचाराको संवर्धन गर्न पनि आह्वान गरेका छन्। मुख्यमन्त्रीले जिम्मेवार युवा बन्ने रापत लिन तथा राज्य अनि देशको समग्र विकास र उज्जवल भविष्यप्रति लक्षित बनों भनी आह्वान गरेका छन्।

About Author

Advertisement