गान्तोक: राज्यपाल गंगा प्रसादको जन्मदिनको अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यपालको सरकारी निवास राजभवनमा पुगेर बधाई एवं शुभकामना दिए। यस अवधि मुख्यमन्त्रीसँग उनकी धर्मपत्नी श्रीमती कृष्ण राई, विधानसभाका अध्यक्ष एलबी दास, राज्यका स्वास्थ्य एवं परिवार कल्याण विभागीय मन्त्री डा. एमके शर्मा, वन मन्त्री कर्मा लोडे भोटिया, विधायकगण आदिको उपस्थिति रहेको थियो।

उपस्थित सबैले जनसेवामा समर्पित राज्यपाल गंगा प्रसादको सुखी जीवन, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरे। राज्यपाल गंगा प्रसादले आफ्नो जन्मदिनमा यसरी बधाई एवं शुभकामना दिएकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङ, उनकी श्रीमती कृष्ण राई, मन्त्रीगण, विधायकगण साथै सम्पूर्णप्रति कृतज्ञता व्यक्त गरे।










