मुख्यमन्त्री तामाङ र उनको परिवारलाई ब्रह्माकुमारीको रक्षाबन्धनको बधाई

IMG_20220811_200556.jpg

गान्तोक: रक्षाबन्धनको पावन अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ र उनको परिवारलाई ब्रह्माकुमारीले बधाई दिएको छन्। सोनाम दिदीको अगुवाईमा आज बिहान ब्रह्माकुमारीको टीमले मुख्यमन्त्रीसँग भेट गरेर रक्षाबन्धनको बधाई दिएको जानकारी मुख्यमन्त्रीले आफ्नो फेसबुक पेजमा दिएका छन्।

मुख्यमन्त्री तामाङले बधाई अनि शुभकामनाका लागि ब्रह्माकुमारीहरूप्रति धन्यवाद व्यक्त गरेका छन्। गाउँ, समाज अनि राज्यका हरेक कुना कुनासम्म पर्यावरण समृद्धिको कामना गर्दै उनीहरूले तुलसीको पौधा भेट स्वरूप प्रदान गरेको पनि मुख्यमन्त्रीले जानकारी दिएका छन्।

यसै गरी, खुशी, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि उनीहरूले दिएका शुभकामनाहरू ह्रदयस्पर्शी थियो भन्दै मुख्यमन्त्रीले सम्पूर्ण टीमलाई आन्तरिक ह्रदयबाट धन्यवाद दिएका छन्।

About Author

Advertisement