गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुको शपथ ग्रहण समारोहमा सहभागी बन्न अरुणाचल प्रदेश पुगेका छन्। मुख्यमन्त्री बिहिवार बिहान इटानगरको डोन्यी पोलो एयरपोर्ट पुगे। पेमा खाण्डुले आज लगातार तेस्रोपल्ट अरुणाचल प्रदेशको मुख्यमन्त्री पदको शपथ लिनेछन्। मुख्यमन्त्रीको साथमा सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा र राज्य सरकारका वरिष्ठ अधिकारीहरू पनि साथमा छन्।








